Section 21
नियम बनाउने अधिकार :

२१.१ यस ऐनको उद्देश्य पूर्तिका लागि कोषले देहायका विषयमा नियमहरू बनाउन सक्नेछ र यसरी बनाएको नियम नेपाल सरकारबाट स्वीकृत भएको हुनु पर्नेछ :
२१.१.१ कोषले गर्नु पर्ने प्रशासनिक कामको सम्बन्धमा,
२१.१.२ कोषले गर्नुपर्ने आर्थिक कामको सम्बन्धमा,
२१.१.३ कोषका कर्मचारीको पारिश्रमिक, सुविधा र सेवाको शर्त सम्बन्धमा,
२१.१.४ पशुपतिनाथ अमालकोट कचहरी तथा पशुपतिनाथ तहवीलको काम कारवाहीको सम्बन्धमा,
२१.१.५ पशुपतिनाथ तथा गुह्येश्वरीको परम्परागत धार्मिक रीतिस्थिति बमोजिम पूजाआजा सञ्चालन गर्ने सम्बन्धमा,
२१.१.६ पशुपति क्षेत्रभित्रको विकास निर्माण कार्यको सम्बन्धमा,
२१.१.७ पशुपति क्षेत्रभित्रका गुठीको आयस्ताको सम्बन्धमा,
२१.१.८ राजगुठी अन्तर्गतका छुट गुठी एवं निजी गुठी अन्तर्गतका पशुपति क्षेत्रभित्र रहेका देव देवीका मठ मन्दिरहरूको सञ्चालनका सम्बन्धमा,
२१.१.९ अन्य आवश्यक विषयमा ।